पोखराको विजयपुर खोलामा फसेका ४ जनाको उद्धार
पाेखरा | साउन १४, २०८०
पोखरा: पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा फसेका चार जनाको गएराती सकुशल उद्धार गरिएको छ ।
नेपाल सशस्त्र प्रहरी बलको टोलीले गएराती २३ वर्षिय प्रेम सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षिय क्षितिज नेपालीको सकुशल उद्धार गरेको हो ।
उनीहरु रातीसाझास्थित निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढीमा फसेका थिए ।
त्यसपछि फोनसम्पर्कमार्फत उनीहरुले आफुहरु बाढीमा फसेको परिवारलाई जानकारी दिएका थिए ।
त्यसलगत्तै सशत्र प्रहरीलाई खबर पुग्यो र कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उनीहरुको सकुशल उद्वार गरेका थिए ।
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...
पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

